NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व त्रयोदशी - १३

स्वर्णबिन्दु प्राशन कार्यक्रम

स्वर्णबिन्दु प्राशन कार्यक्रम

सूचना। सूचना।। सूचना।।।

यस चिकित्सालयले हरेक महिनाको पुष्य नक्षत्र परेको निम्न तालिका बमोजिमका दिनहरुमा १ वर्ष देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई स्वर्णबिन्दु निःशुल्क रुपमा खुवाउदैछ । बालबालिकाहरुको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो । हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ। यसै क्रममा यही पौष २१ गते पुष्य नक्षत्र परेको दिन आआफ्ना १ वर्ष देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

स्वर्णबिन्दुका प्राशनको फाइदाहरुः
बुद्धि, स्मरणशक्ति र वाणीमा सुधार ।
पाचनशक्ति र शारीरिक बल बुद्धि ।
रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउछ ।
बच्चालाई ऊर्जावान्, तेजस्वी र सुन्दर बनाउछ ।

 

स्वर्ण बिन्दु खुवाउने मिति

साल महिना गते बार
२०८२ श्रावण ०९ शुक्रबार
२०८२ भाद्र ०५ बिहिबार
२०८२ आश्विन ०१ बुधबार
२०८२ आश्विन २९ बुधबार
२०८२ कार्तिक २५ मंगलबार
२०८२ मंसिर २२ सोमबार
२०८२ पौष २१ सोमबार
२०८२ माघ १८ आइतबार
२०८२ फाल्गुन १६ सोमबार
२०८२ चैत १४ शनिबार
२०८३ वैशाख १० बिहिबार
२०८३ जेठ ०६ बुधबार

स्वर्ण बिन्दु हरेक पटक खुवाउन सकिन्छ ।